पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका ३ जिल्लामा थप ६२ जनामा कोरोना पुष्टि भएको बताए।
जसमध्ये काठमाडौँका ५६ र भक्तपुर र ललितपुरका ३/३ जना रहेका छन्।
योसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले संक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ भने संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ।
आज ७ हजार ७८८ पीसएआर परीक्षण गरिएको थियो।
तयस्तै आज ४९९ जना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ३१३ पुगेको छ।
प्रतिक्रिया