समाज


जोर–बिजोर प्रणाली लागू भएपछि उपत्यकामा सवारीको चाप कम

जोर–बिजोर प्रणाली लागू भएपछि उपत्यकामा सवारीको चाप कम

नेपालखबर
साउन २४, २०७७ शनिबार ९:२६,

कोरोना सक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर–बिजोर प्रणालीका कारण उपत्यकामा सवारी चाप कम देखिएको छ।

जोर–बिजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो।

पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली सुरु गरेको थियो। शुक्रबार मात्रै उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण लगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन्।

प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेका छन्। शुक्रबार नै उपत्यकामा अहिलेसम्मकै बढी १२४ जनामा कोरोना भाइरस पुष्टि भएको थियो।

असार २६ गतेबाट उपत्यका लगायत देशभरी जिल्लाभित्र मात्रै सवारी सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो। सरकारले आवश्यक मापदण्ड पुरा गरी सवारी सञ्चालन गर्न निर्देशन दिएपछि अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको छ। मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको छ।

शनिबार अरु दिनको तुलनामा उपत्यकाका सडकहरुमा न्यून मात्रामा सवारी चलेका छन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .