कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानमा गरिएको एक अध्ययनले संक्रमणबाट निको भइसकेका सयमध्ये ९० जनाको फोक्सो क्षतिग्रस्तै अवस्थामा रहेको देखाएको छ।
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित रिपोर्टअनुसार वुहान विश्वविद्यालयअन्तर्गत झोङनान अस्पतालको इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको नेतृत्वमा गरिएको अध्ययनले त्यस्तो भयावह स्थिति देखाएको हो।
झियोङको टोलीले गत अप्रिलदेखि कोरोनामुक्त सय जनाको फलोअप गरिरहेको छ। एक वर्षे कार्यक्रमअन्तर्गत पहिलो चरणको फलोअप गत जुलाईमा सम्पन्न भएको हो।
जसको नतिजाले कोरोनाबाट मुक्त भइसकेका ९० जना (९० प्रतिशत) को फोक्सोको भेन्टिलेसन र ग्यास एक्सचेन्ज अझै स्वस्थ व्यक्तिको स्तरमा आइनसकेको देखाएको हो।
अध्ययन क्रममा कोरोनाबाट निको भएका ती व्यक्तिलाई ६ मिनेट हिँडाइएको थियो। तर उनीहरू स्वस्थ व्यक्तिजति हिँड्न नसकको पाइयो।
अर्थात् ६ मिनेटमा स्वस्थ व्यक्ति ५ सय मिटर हिँड्न सक्छन् भने उनीहरू ४ सय मिटरमात्रै हिँड्न सकेको रिपोर्टमा उल्लेख छ। एजेन्सी

प्रतिक्रिया