समाज


‘लेबनानमा अब कोरोना भाइरसको संक्रमण व्यापक हुन सक्ने’

‘लेबनानमा अब कोरोना भाइरसको संक्रमण व्यापक हुन सक्ने’

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ०:१६,

लेबनानममा अब कोरोना भाइरसको संक्रमण व्यापक हुन सक्ने आशंका त्यहाँका स्वास्थ्यमन्त्री हमद हसनले गरेका छन्।

लेबनानको राजधानी बेरुतमा मंगलबार राति भएको विशाल विस्फोटका कारण स्वास्थ्य संचरना र सुविधा पनि तहसनहस भएकाले कोरोना संक्रमणले भयावह रूप लिन सक्ने आशंका उनले गरेका हुन्।

बेरुत विस्फोटमा परी मृत्यु हुनेको संख्या १३७ पुगेको छ। चार हजारभन्दा बढी घाइते भएका छन्। 

लेबनानका स्वास्थ्यमन्त्री हसनले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्, ‘घाइतेलाई सहयोग र राहतको कमीले गर्र्दा कोरोना संक्रमितको संख्या बढ्न सक्ने देखिन्छ।’

यसैकारण आफूले आगामी दिनमा कोरोना संक्रमणका बिरामीलाई फिल्ड अस्पतालको व्यवस्था गर्ने आश्वासन पनि उनले दिएका छन्। बीबीसी

याे पनि

‘चेतावनी बाबजुद बेइरुतको बन्दरगाहमा एमोनियम नाइट्रेट राखिएको थियो’

विशाल विस्फोटका कारण लेबनानको बेरुतमा ३ लाख मानिस घरबारविहीन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad