ad ad

समाज


‘लेवनान विस्फोट : सम्पर्कमा रहेका सबै नेपाली ठीक छन्, घाइते वा मृत्यु भएको जानकारी छैन’

‘लेवनान विस्फोट : सम्पर्कमा रहेका सबै नेपाली ठीक छन्, घाइते वा मृत्यु भएको जानकारी छैन’

नेपालखबर
साउन २१, २०७७ बुधबार १०:४४,

लेवनानको राजधानी बेरुतमा मंगलबार कम्तिमा १०० जनाको ज्यान जानेगरी बिस्फोट हुँदा त्यहाँ रहेका कोही पनि नेपाली घाइते वा मृत्यु भएको जानकारी नभएकाे नेपाली दूतावास तथा नेपाली प्रतिनिधिहरुले जनाएका छन्।

लेवनानको समेत जिम्मेवारी पाएका इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले अहिलेसम्म कुनै पनि नेपाली उक्त विस्फोटमा परेको जानकारी नआएको बताए।

‘मैले त्यहाँको ताजा अपडेट लिइरहेको छु। अहिलेसम्म कोही नेपाली घाइते वा हताहति भएको जानकारी प्राप्त भएको छैन,’ उनले नेपालखबरसंग भने ‘लेवनानमा करिब ५–६ हजारको संख्यामा नेपाली बसोबास गरिरहेकाले नेपाली पनि दूर्घटनामा परेको वा प्रभावित भएका हुनसक्छन् तर अहिलेसम्म त्यस्तो विवरण केहि आएको छैन्।’

उनले विस्फोट भएको क्षेत्रमा नेपाली छरिएर रहेका तथा धेरैजसो हाउसहोल्ड वर्करको रुपमा र होटल रेस्टुरेन्टमा काम गर्ने गरेका छन्।

बेरुतमा करिब ११ वर्षदेखि कार्यरत् पोखराकी सरु गुरुङ विस्फोट हुँदा सोहि क्षेत्रमा थिइन्।

आफू र अन्य दुई जना नेपाली महिला विस्फोट भएको ठाउँदेखि नजिकै रहेको र त्यसका कारण धुलो, माटो, सिसाका टुक्रा आदिले लागे पनि आफूलाई गम्भीर चोट भने नलागेको बताइन्।

उनले आफू सो क्षेत्रमा धेरै वर्षदेखि कार्यरत् रहेको र सो क्षेत्रमा रहेका धेरै नेपालीहरुलाई सम्पर्क गर्दा कोही नेपाली घाइते भएको नपाएको उनले बताइन्।

‘मैले यहाँ धेरै सम्पर्क गरेँ, कोही पनि नेपाली घाइते भएको वा अरु केहि भएको जानकारी आएको छैन, अहिलेसम्मको जानकारीअनुसार सबै सुरक्षित नै हुनुहुन्छ,’ उनले नेपालखबरसँग फोनमा भनिन्।

उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य हुँदैछ। मान्छेहरु काममा फर्कदैछन्।

बेरुतमै रहेको राष्ट्रसंघको शान्ति मिसन युनिफिलका उपप्रवक्ता तिलक पोखरेलका अनुसार त्यहाँ रहेको युनिफिलको एउटा सैन्य पानीजहाजमा क्षति पुगेको छ।

त्यहाँस्थित युनिफिलमा ग्रीस, जर्मनी, टर्की, बंगलादेश, ब्राजिल र इण्डोनेसियाका एकएक वटा सैन्य पानीजहाज छन्।

‘तीमध्ये बंगलादेशको पानीजहाजमा क्षति पुगेको हो,’ पोखरेलले नेपालखबरसँग भने।

उनका अनुसार सो बिस्फोटमा परी युनिफिलमा कार्यरत् २० जनाभन्दा बढि व्यक्तिहरु घाइते भई अस्पताल भर्ना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .