जाजरकोटमा दाल झान्ने क्रममा आगलागी हुँदा चार जना घाइते भएका छन्। घर पुरै जलेको छ।
बारेकोट गाउँपालिका–३ पछैरीस्थित एक घरको भान्सामा दाल झान्ने क्रममा आगलागी हुँदा घरभित्र रहेका सामानहरु झिक्ने क्रममा आगोले पोली ४ जना घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य छ।
घटनामा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा गरगहना समेत पूर्ण रूपमा जली २९ लाख ११ हजार ४ सय रुपैँया बराबरको क्षति भएको राष्ट्रिय जोखिम विपद न्युनिकरण प्राधिकरणले जनाएको छ।
यस्तै, जाजरकोटकै बारेकोट गाउँपालिका–९ मा घरबाट कालिमाटी तर्फ आउने क्रममा भिर माथिबाट ढुंगा खसेर टाउकोमा लागी एक जना घाइते भएको प्राधिकरणले जनाएको छ।
3
Shares

प्रतिक्रिया