ad ad

समाज


धनकौल गाेलीकाण्ड : गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा रिहा

धनकौल गाेलीकाण्ड : गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा रिहा

नेपालखबर
साउन २०, २०७७ मंगलबार ५:०,

जुलुसमाथि गोली प्रहार गरेको आरोप लागेका सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत सर्लाहीले सोमबार उनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको स्रेस्तेदार शिवहरी पौडेलले जानकारी दिए।

सोही घटनामा पक्राउ परेका मुकेशकुमार साह यस अघि नै एक लाख र छोटेलाल सहनी २५ हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन्।

गएको १४ असारमा धनकौल गाउँपालिकामा सत्तारुढ नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २० जना घाइते भएका थिए। घाइतेमध्ये नेकपाका केही कार्यकर्तालाई गोलीसमेत लागेको थियो।

घटनामा गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले गोली चलाएको आरोप नेकपाले लगाउँदै आएको छ। साह कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।

६ असारमा सर्लाहीकै रामनगर ४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको हत्या भएको थियो। यादवको हत्याको विरोधमा धनकौलमा नेकपाले निकालेको विरोध ¥यालीमा गोली चल्दा तीन प्रहरी र १७ प्रदर्शनकारी घाइते भएका थिए।

गोली प्रहार घटनामा प्रदेश २ को प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहकोसमेत हात रहेको आरोप नेकपाका कार्यकर्ताको छ। तर, सांसद सिंह विरुद्धको उजुरी भने प्रहरीले दर्ता गर्नै नमानेको आरोप लाग्दै आएको छ।

घाइतेहरुले सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध त्यतिबेलै किटानी जाहेरी दिएका थिए। दबाब बढेपछि प्रहरीले सांसद सिंह र अध्यक्ष साहको घरबाटसमेत लाइसेन्स प्राप्त बन्दुक बरामद गरेर अनुसन्धान अघि वढाएको छ।

याे पनि धनकौल गोलीकाण्ड : कांग्रेस सांसदको घरबाट बन्दुक बरामद

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .