अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भन्दै नेपालीलाई ठगी गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन्।
६५ वर्षीय ड्यानियल लि मिगलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित भक्तपुर सूर्यबिनायक नगरपालिका–६ घर भएका टुक नारायण श्रेष्ठको एटलास सेक्युरिटी प्राईभेट लिमिटेडलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउँछु भनी १० लाख रुपैयाँ ठगी गरेको उनीमाथी आरोप छ।
अन्य २ जनालाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै पक्राउ गरेको महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीले बताए।
प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ।

प्रतिक्रिया