कारोबार


लगानी बोर्डकाे सीईओमा सुशील भट्ट

लगानी बोर्डकाे सीईओमा सुशील भट्ट

नेपालखबर
साउन १९, २०७७ सोमबार १२:५२,

मन्त्रिपरिषदको बैठकले योजना आयोगका सदस्य सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ।

सोमबार बसेको बैठकले भट्टलाई बोर्डमा रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन्। 

बाेर्डकाे सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाकाे संयाेजकत्वमा बनेकाे समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाकाे नाम सिफारिस गरेकाे थियाे। तीन जनामा डा. सराेज काेइराला, रामकृष्ण खतिवडा र सुशील भट्ट थिए। 

सीईओका लागि खुलाइएकाे आवेदनमा १२ जना इच्छुक देखिएका थिए। डा. सराेज काेइराला, रामकृष्ण खतिवडा, सुशील भट्ट, सुशील ज्ञवाली, कृष्णप्रसाद आचार्य, दीपकराज जाेशी, सुमन शर्मा, चण्डिका भट्ट, शेरजंग कार्की, रमेश चन्द्र पाैडेल, लक्ष्मीविलास काेइराला र आशिष गजुरेलले सीईओका लागि दरखास्त दिएका थिए। 

१२ जनामध्ये ३ जनाकाे नाम समितिले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकाे थियाे। यसअघि पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली प्रमुख दाबेदार देखिए पनि उनी अन्तर्वार्तामा उपस्थित नै भएनन्। 

त्यसपछि भट्ट नै बलियाे दाबेदार थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad