ad ad

समाज


छ जिल्लामा भेटिए उच्च संख्यामा संक्रमित, प्रयोगशालाअनुसार कुन जिल्लामा कति थपिए?

छ जिल्लामा भेटिए उच्च संख्यामा संक्रमित, प्रयोगशालाअनुसार कुन जिल्लामा कति थपिए?

नेपालखबर
साउन १९, २०७७ सोमबार ११:१५,

नेपालमा कोरोना संक्रमितको संख्या बढ्नथालेको छ। पछिल्लो २४ घण्टामा मात्रै ४ सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा साेमबार माेरङ, सप्तरी, महाेत्तरी, धनुषा, पर्सा र कैलाली जिल्लामा उच्च संख्यामा संक्रमित भेटिएका छन्। 

आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा सुनसरीका ५ जना, कोशी अञ्चल अस्पताल विराटनगरमा झापाका १ जना, मोरंगका ३७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४ जना र मोरंगका ९ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै, गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयोगशालामा सिरहाका ३ जना र सप्तरीका ५१ जनामा कोरोना संक्रमण पाइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका १ जना, महोत्तरीका ३० जना र धनुषाका ३० जनामा संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा पनि बाराका ३ जना र पर्साका ७१ जनामा कोरोना भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, काठमाडौंका ८ जना, कैलालीका ३५ जना, कञ्चनपुरका ८ जना र रसुवाका १ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा बाराका १ जना, काठमाडौंका १७ जना र रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ। पाटन अस्पताल प्रयोगशाला ललितपुरमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जना, महोत्तरीका १ जना, चितवनका १ जना र गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै वीर अस्पताल प्रयोगशाला काठमाडौंमा सर्लाहीका १ जना र काठमाडौंका २ जनामा कोरोना संक्रमण भेटिएको छ।

यो पनि :
नेपालमा थप ४ सय १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितकाे संख्या ५ हजार ७ सय ३२

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा काठमाडौंका १ जना र दोलखाका १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २ जनामा तथा स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका ५ जना र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको छ।

वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका ३ जना, पोखरा प्रयोगशालामा कास्कीका ८ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा स्यांजाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका १ जनामा कोरोना भेटिएको छ।

भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ८ जना, बर्दियाका १ जना, दाङका १ जना र कैलालीका १ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा सुर्खेतका २ जना, दैलेख पीसीआर प्रयोगशालामा दैलेखका २ जना, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा रुकुमपश्चिमका २ जना, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कञ्चनपुरका ८ जना, कैलालीका ३१ जना र अछामका ४ जनामा कोरोना भेटिएको छ।

नेपालमा हालसम्म ५७ जना (०.२८ प्रतिशत)को कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। त्यस्तै हालसम्म ३ लाख ९८ हजार ९ सय ७ (१.३ प्रतिशत) जनाको आरटी पीसीआर नमूना संकलन भएको छ। त्यसमध्ये २० हजार ७ सय ५० मा कोरोना पोजिटिभ देखिएको छ।

त्यस्तै सक्रिय संक्रमित ५ हजार ७ सय ३२ (२७.६ प्रतिशत) जना रहेका छन्। हालसम्म १४ हजार ९ सय ६१ जना डिस्चार्ज (७२.१ प्रतिशत) भएको गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .