क्यानले आइतबार जिल्लालाई ५० हजार र प्रदेशलाई एक लाखका दरले क्रिकेट गतिविधि सञ्चालन गर्न पैसा निकासा गरेको हो।
क्यानका कोषाध्यक्ष रोसन सिंहका अनुसार यसअघि निर्णय भए बमोजिम कार्यालय सञ्चालन लगायत गतिविधि सञ्चालनका लागि २९ जिल्लालाई ५० हजारका दरले र ६ प्रदेशलाई १ लाखका दरले गरी जम्मा २० लाख ५० हजार रुपैयाँ निकासा गरिसकिएको छ।
‘नेपाली क्रिकेट संघकै इतिहासमा जिल्लालाई यतिधेरै रकम निकासा भएको पहिलो पटक हो,’ कोषाध्यक्ष सिंहले भने, ‘ग्रासरुट लेभलको क्रिकेट विकास गर्न जिल्लागत संरचना बलियो बनाउँनुपर्छ भन्ने उदेश्य हामीले लिएका छौं।’
क्यानसँग आवद्ध बाँकी दश जिल्लाको बैंक खाता आइनपुगेको र खातानम्बर आइपुग्दा बाँकी जिल्लालाई पनि रकम पठाइने उनले बताए।
प्रतिक्रिया