समाज


पर्सामा पत्रकार, प्रहरी र सेनासहित थपिए ७३ कोरोना संक्रमित, आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

पर्सामा पत्रकार, प्रहरी र सेनासहित थपिए ७३ कोरोना संक्रमित, आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

नेपालखबर
साउन १९, २०७७ सोमबार ३:१२,

पर्सामा फेरि थप ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो।

‘तीमध्ये भारतीय नागरिक १ र बारा जिल्लाका २ जना छन्, अरू सबै पर्सा नै घर भएका छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले सोमबार बिहान नेपालखबरसँग भने,’ जसमा १० वर्षदेखि ७१ वर्षसम्मका छन्।’

उनका अनुसार ४९२ को नतिजा आउँदा उल्लिखित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अझै ९०० नमुना परीक्षणका क्रममा रहेको उनले जानकारी दिए।

थपिएका संक्रमितमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका १ पत्रकार पनि छन्।

आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा
यसरी ठूलो संख्यामा दैनिक संक्रमित थपिन थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

साउन १० गतेदेखि वीरगन्ज महानगर क्षेत्रभित्र मात्रै लागू निषेधाज्ञा आज साेमबार बिहानै ५ बजेदेखि जिल्लाभर विस्तार गरिएको हो।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्थानीयलाई जिल्ला प्रशासनले आग्रह गरेकाे छ।

पर्सा प्रशासनले जारी गरेको निषेधाज्ञाको सूचना-

bipa

याे पनिबारामा बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा, घरबाट निस्किन नपाइने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad