ad ad

समाज


अपडेट : मेलम्चीमा पहिरो जाँदा बेपत्ता आठमध्ये चार मजदुरको शव फेला

अपडेट : मेलम्चीमा पहिरो जाँदा बेपत्ता आठमध्ये चार मजदुरको शव फेला

नेपालखबर
साउन १९, २०७७ सोमबार २:३०,

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा पहिरोमा परेर बेपत्ता भएकामध्ये चार जना मजदुरको शव फेला परेको छ। अरु चार जना अझै बेपत्ता छन्।

उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक छलबहादुर तामाङले जानकारी दिए। घटनास्थलमै रहेका तामाङले नेपालखबरसँग भने, ‘अहिलेसम्म बेपत्तामध्ये चार जनाको शव फेला परेको छ। हामी राति ३ बजेदेखि नै उद्धारमा खटिरहेका छौँ। फेला परेका चार शवको सनाखत हुन बाँकी छ।’

अबिरल वर्षासँगै राति दुई बजे पहिरो जाँदा मेलम्चि ११ मा कभर्डहल निर्माणमा खटिएका नौ मजदुर पुरिएका थिए। एक जनालाई भने घाइते अवस्थामा तीन घण्टाको प्रयासपछि उद्धार गरिएको थियो।

‘घटनास्थल बजार क्षेत्रमै पर्छ,’ प्रहरी निरीक्षक तामाङले भने, ‘पहिरो जाने जस्तो भौगोलिक बनावट पनि देखिँदैन। तर, त्यस्तै ठाउँमा पहिरोले ठूलो  क्षति गर्यो।’ उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।

पहिरोमा परेर ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरी छन्।

पहिरोमा बेपत्ता हुनेमा सात जना नेपाली र एकजना भारतीय नागरिक रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

याे पनि मेलम्चीमा पहिरो जाँदा ८ मजदुर बेपत्ता, ३ घण्टाको प्रयासछि १ जनाको जीवितै उद्धार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .