ad ad

छापा खबर


भारतबाट आएका मानिस यसरी सीधै घर जान थालेपछि गाउँगाउँमा बढ्यो कोरोनाको जोखिम

भारतबाट आएका मानिस यसरी सीधै घर जान थालेपछि गाउँगाउँमा बढ्यो कोरोनाको जोखिम

नेपालखबर
साउन १९, २०७७ सोमबार २:३७,

भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टिनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टिनमा बस्न भन्दै घर जान दिइएको छ।

जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ।

‘गाउँका स्कुल भदौदेखि सञ्चालन हुने भनिएपछि त्यहाँ राखिएका क्वारेन्टिन बन्द भए। त्यसपछि होम क्वारेन्टिन गरिन थालिएको रहेछ’, बैतडीका नरेश सिहले भने, ‘विद्यालयहरूले अब क्वारेन्टिन बनाउन नदिने भनिरहेका छन्।’

बागलुङको बडिगाउँ गाउँपालिका–७ का हीराबहादुर खत्री, उनका छोरा तारा, भतिजा प्रेम र नाति प्रकाशसहित ६ जनाको टोली पनि आइतबारै गौरीफन्टा नाका भएर भित्रियो। तर, उनीहरूले पनि न स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेका छन् न त घर जाने गाडीको टुंगो छ।

‘गाउँपालिका अध्यक्ष र वडाध्यक्ष दुवै जना चिनजानकै हुन तर कुरा भएको छैन’, ताराले भने, ‘घर कसरी जाने भन्ने चिन्ता भइरहेको छ। हामी त सीधै घर जाने होइन, हामीलाई स्कुल वा खाली घर खोजेरै भए पनि क्वारेन्टिनमा राखिदिनुपर्छ।’

घरमा बाजे बज्यै, ससाना नानीबाबु पनि रहेको उनले सुनाए। ‘घरमा लसपस भइहाल्छ’, उनले भने, ‘गाउँमा खाली घर खोजी १४ दिन त्यहाँ बसेर मात्रै घर जाने हो।’

लकडाउनकै बेला नाका खुला गरिएपछि स्थानीय तहले गाडी पठाएर आआफ्ना नागरिकलाई लगेका थिए। त्यसपछि उनीहरूलाई क्वारेन्टिनमा बसाइने गरिएको थियो।

तर, अहिले थोरै आउँदा पनि वास्ता गर्न छाडिदिएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्टले लेखेका छन्।

‘दिनभरिमा एक वडाका दुई–तीन जना आउने गरेका छन्। पालिकाहरूले पनि सधैं सीमा क्षेत्रमा सवारीसाधन कसरी राखी राखोस्। त्यसैले अहिले भारतबाट फर्केका मानिसहरू आआफ्नो तरिकाले सीधै घर जाने गरेका छन्’, धनगढी उपमहानगरपालिका क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक नारायण बरालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .