काठमाडौंको रामशाहपथस्थित ट्राफिक प्रहरी महाशाखाका दुई कर्मचारीमा कोरोना देखिएपछि कार्यालय नै सिल गरिएको छ।
महाशाखाका सबै प्रहरी २ दिनदेखि कार्यालयभित्रै छन्।
महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार शुक्रबार २ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसपछि कार्यालयमा आउजाउ बन्द गरिएको उनले जानकारी दिए।
महाशाखाका सबै प्रहरी कार्यालयभित्रै कैद भएपछि सवारीसाधनको चाप कम भएका स्थानबाट जनशक्ति ल्याएर डिउटी मिलाइएको छ। ३ सय ७५ जना कार्यालयभित्रै क्वारेन्टिनमा छन्। संक्रमण पुष्टि भएका दुई जनालाई प्रहरी अस्पताल लगिएको छ।

प्रतिक्रिया