ad ad

समाज


सुदूरपश्चिम प्रदेश सभा सदस्य गम्भीर घाइते, काठमाडौं लैजाने तयारी

सुदूरपश्चिम प्रदेश सभा सदस्य गम्भीर घाइते, काठमाडौं लैजाने तयारी

नेपालखबर
साउन १७, २०७७ शनिबार १५:७,

सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छिन।

धनगढी उपमहानगरपालिकाको वडानम्बर ८ स्थित बुद्धचोकमा उनी सवार मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनको टाउकोमा चोट लागेको र ठक्कर दिने मोटरसाइकल प्रहार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। 

उनको अहिले धनगढीस्थित मायाँ मेट्रो अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट लागेकाले उनलाई काठमाडौं लैजाने तयारी भएको छ। अछाम घर भएकी थापा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन्।

अस्पताल पुगेका मुख्यमन्त्री भट्ट लगायत

संसद थापाको अवस्था बुझ्न अस्पतालमा मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, उपसभामुख निर्मला बडाल जोशी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायत अन्य प्रदेशसभाका सदस्य पुगेका छन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .