ad ad

समाज


नेपालमा सुर्ती सेवनको डरलाग्दो तथ्यांक, प्रतिवर्ष २७ हजार बढीको मृत्यु

नेपालमा सुर्ती सेवनको डरलाग्दो तथ्यांक, प्रतिवर्ष २७ हजार बढीको मृत्यु

नेपालखबर
साउन १२, २०७७ सोमबार ८:४३,

स्वास्थ्य अधिकार र सुर्तीजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ।

आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनी मुलक सन्देश राख्ने नियम कडाईका साथ पालना गराउन सरकारलाई सुझाव दिएको हो। नेपालमा सुर्ती सेवनकै कारण प्रतिवर्ष २७ हजार बढी नागरिकको मृत्यु हुने गरेको भन्दै नेटवर्कले यस्तो सुझाव दिएको हो।

नेटवर्कको समन्वयमा रिसोर्स सेन्टर फर प्राइमरी हेल्थ केयरले आयोजना गरेको कार्यक्रममा नेटवर्कका संयोजक शान्तराम मुल्मीले नेपालमा प्रतिवर्ष २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको बताए। सहज पहुँचका कारण ग्रामिण क्षेत्रमा ३९ दशमलव २ प्रतिशतले सुर्ती सेवन गर्ने गरेको उनले बताए। सर्वसाधारणको पहुँच नहुने गरी उत्पादन र विक्रिवितरणमा कर बढाउनुपर्ने उनले बताए।

सरकारले आफैँले बनाएको नीतिहरु समेत कार्यान्वयनमा कमजोर देखिएको उनको भनाई छ। सुर्तीजन्य उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमुलक सन्देश राख्ने नियम भएपनि स्वदेशी कम्पनीहरुले पालना नगरेको तर्फ सरकारको ध्यान जान नसकेको उनले बताए।

विदेशी कम्पनीहरुले समेत सो नियमको पालना गर्ने गरेको भएपनि नेपालको सूर्य नेपाल टोबाकोले ७५ प्रतिशत मात्रै चेतावनीमुलक सन्देश छाप्ने गरेको उनले बताए। सरकारले आफ्नो नियम पालना गराउनुको सट्टा सुर्तीजन्य वस्तु उत्पादन गर्ने कम्पनीहरुलाई सम्मान गरेर उनीहरुको इज्जत बढाउने काम गरिरहेको उनको भनाई छ।

नेपालमा १० वर्षभन्दा माथि उमेर समूहका ३३ प्रतिशत व्यक्तिले सुर्ती सेवन गर्ने गरेको तथ्यांक छ। जसमा २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिला रहेका छन्। तथ्यांक अनुसार सबैभन्दा बढी पहाडी क्षेत्रमा ६८ दशमलव २ प्रतिशत, तराई क्षेत्रमा ४२ दशमलव २ प्रतिशत र मध्यपहाडी क्षेत्रमा ४० प्रतिशतले सुर्ती सेवन गर्ने गरेका छन्।

९८ प्रतिशत बढी व्यक्तिलाई सुर्ती सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा हुँदाहुँदै पनि सेवन गर्ने गरेको तथ्यांकले देखाउँछ। सुर्तीसेवन गर्ने व्यक्तिहरुका कारण कार्यक्षेत्रमा २२ दशमलव ५ प्रतिशत र घरमा ३३ दशमलव ५ प्रतिशत सुर्ती सेवन नगर्ने व्यक्तिहरु क्यान्सरको सिकार भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .