ad ad

समाज


ब्ल्याक लाइभ्स म्याटरः अमेरिकामा भएको आन्दोलनमा एकको मृत्यु, २१ प्रहरी घाइते

ब्ल्याक लाइभ्स म्याटरः अमेरिकामा भएको आन्दोलनमा एकको मृत्यु, २१ प्रहरी घाइते

नेपालखबर
साउन १२, २०७७ सोमबार ६:४०,

आइतबार सिएटल, टेक्सास लगायतका क्षेत्रमा ‘ब्ल्याक लाइभ्स म्याटर’ अश्वेतको जीवनले पनि अर्थ राख्छ भन्ने नारा लगाउँदै प्रदर्शनकारीले प्रदर्शन गरेका थिए।

सिएटलमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सो क्रममा २१ प्रहरी घाइते भएको बताइएको छ।

यसबीचमा ४५ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेका छन्। टेक्सासको अस्टिनमा एक व्यक्तिको मृत्यु भएको पनि बताइएको छ।

प्रदर्शन जारी रहँदा कारमा आएका अपरिचित व्यक्तिले गोली चलाउँदा ती व्यक्तिको मृत्यु भएको बताइएको छ।

अमेरिकामा गत मे २५ मा अश्वेत नागरिक जोर्ज फ्लोइडको मृत्यु भएपछि विश्वभर रंगभेदविरुद्धको अभियान संचालन भएका छन्।

प्रहरीले हथकडी लगाइएका फ्लोइडको घाँटीमा घुँडाले ८ मिनेट थिचेपछि उनको मृत्यु भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .