पोखरा विश्वविद्यालले कोरोना भाइरसको महामारीका कारण स्थगित परीक्षा भदौको अन्तिम साताबाट सुरु हुने बताएको छ।
सोमकार एक विज्ञप्ति प्रकाशित गर्दै विश्वविद्यालयले भदौको अन्तिम साताबाट परीक्षा सुरु गरेर दशैँअघि नै सक्ने बताएको छ।
कोरोनाको महामारी रोक्न सरकारले लकडाउन सुरु गरेपछि विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका परीक्षाहरु रोकिएको थियो।
विश्वविद्यालय पदाधिकारी विहीन रहेको र लामो दूरीका गाडी भदौ १ बाट सञ्चालनमा आउने भएपछि भदौको अन्तिमबाट परीक्षा सञ्चालन गर्न सम्भव हुने भन्दै भदौको अन्तिम साताबाट परीक्षा गर्नेगरी तयारी अगाडि बढाएको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका पदाधिकारी नियुक्तिभएसँगै परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने भन्दै विश्वविद्यालयले विद्यार्थी, शिक्षक र कलेजहरुलाई आ–आफ्नो तयारीमा जुटन समेत अनुरोध गरेको छ।
प्रतिक्रिया