ad ad

समाज


ब्राजिलमा कोरोना संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

नेपालखबर
साउन १०, २०७७ शनिबार ८:२१,

यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार नाघेको छ। शुक्रबार मात्र यहाँ ५५ हजार ८९१ जना संक्रमित थपिएका छन्। एकै दिनमा यतिधेरै संख्यामा संक्रमित थपिएका हुन्।

तर बिहीबार मात्र पनि यो भन्दा पनि बढी संक्रमित थपिएका बताइएको थियो। बिहीबार मात्र त्यहाँ २४ घन्टामा ५९ हजार ९६१ जना संक्रमित थपिएका र एकै दिनमा यो पहिलो पटक त्यहाँ यतिधेरै संख्यामा संक्रमित थपिएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका थिए।

उनीहरुका अनुसार यो संख्या यहाँका संक्रमितको संख्या २३ लाख ४३ हजार ३६६ पुगेको छ। यहाँ संक्रमण शुरु भएयता देखि १५ लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका पनि बताइएको छ।

ब्राजिल विश्वमै सबैभन्दा धेरै संक्रमित भएका देशमध्ये दोस्रो हो। सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा छन्। अमेरिकामा कोरोनाका करिब ४० लाख संक्रमित पुगेका छन्।

ब्रालिजमा गएको २४ घन्टायतामात्र १ हजार १५६ जनाको ज्यान गएको छ। कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या पनि यहाँ दिनप्रतिदिन बढ्दै गएको देखिएको छ।

विश्व स्वास्थ्य संगठनले गएको मार्च ११ मा कोभिड १९ लाई महामारीका रुपमा घोषणा गरेको थियो। त्यसयता विश्वका विभिन्न देशमा गरी एक करोड ५६ लाख मानिसहरु संक्रमित भइसकेका छन्।

त्यस्तै यो महामारीबाट ६ लाख ३६ हजार जनाको ज्यान पनि गएको छ। यो भाइरसबाट सबैभन्दा बढी व्यक्ति संक्रमित हुने र ज्यान जाने देश अमेरिका हो। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .