ad ad

समाज


कोरोना संक्रमित तीव्र गतिमा बढेपछि दक्षिण अफ्रिकाका विद्यालय बन्द गर्ने घोषणा

कोरोना संक्रमित तीव्र गतिमा बढेपछि दक्षिण अफ्रिकाका विद्यालय बन्द गर्ने घोषणा

नेपालखबर
साउन १०, २०७७ शनिबार ८:२८,

यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो। शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामाफोसाले दिएका हुन्।

यहाँ यही जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले समाचारमा जनाएका छन्। दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरसका १ लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ।

यहाँ आजसम्ममा ४ लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ। यहाँ दिनप्रतिदिन यसका संक्रमितहरु तीव्र रुपमा देखिएकोले विद्यालय, विश्वविद्यालयहरु बन्द गराइएको हो। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .