प्रहरीले काठमाडौंको बिशालनगरबाट एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको कालिगण्डकी गउँपालिका–५ ताँप का ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन्।
न्यूरोडमा हाम्रो गण्डकी ईन्टरप्रारईजेज नामक कपडा पसल सञ्चालन गर्दै आएका न्यौपानेको साथबाट प्रहरीले १९ लाख ९१ हजार रुपैयाँ र दुईवटा मोबाइल बरामद गरेको छ।
शंकास्पद रूपमा हिँडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा उनले बोकेको कालो रंगको झोला सो परिमाणको रकम फेला परेको हो।
उनले भाइबरमार्फत हुण्डी कारोबार गर्दै आएको प्रहरीको दाबी छ। प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइने प्रहरीले जनाएको छ ।
3
Shares

प्रतिक्रिया