ad ad

समाज


काेइराला प्रकरणमा पीडित परिवारकाे गुनासाे: सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो

काेइराला प्रकरणमा पीडित परिवारकाे गुनासाे: सर्वोच्चले गलत नजिर स्थापित गर्न खोज्यो

नेपालखबर
साउन ८, २०७७ बिहिबार ९:५०,

श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डीआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतले सजाय घटाउने गरी गरेको फैसलाले गलत नजिर स्थापित गरेको पीडितले बताएका छन्।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला प्रकरणमा सर्वोच्च अदालतले साढे ८ वर्षमै पुरा हुने फैसला गरेपछि पीडित परिवारले यसबाट समाजमा राम्रो सन्देश प्रवाह नहुने बताएको हो।

पूर्व डीआइजी कोइराला बिहीबार रिहा भएपछि कोइरालाद्वारा हत्या गरिएकी श्रीमती गीता ढकालका बुवा हरेराम ढकालले फैसलाले समाजमा राम्रो सन्देश नदिने बताए। मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पुरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उनले चिन्ता जाहेर गरे।

उनले भने, ‘मान्छेलाई मारेपनि हुने रहेछ भन्ने सन्देश गयो अब। के डर भयो र? जघन्य अपराधमा कानूनले तोकेको सजाय सर्वोच्चले घटाउँदै जान्छ भने। यस्तो न्यायालयको त्रुटीले समाजमा राम्रो सन्देश जाँदैन।’

सर्वस्वसहित जन्मकैदको फैसला साढे ८ वर्षमा पुरा हुने भए किन २०, २५ वर्ष राख्नुपर्‍यो भन्दै उनले प्रश्न पनि गरे।

श्रीमती गीता ढकालको हत्या अभियोगमा २०६८ साल माघ ८ गते पक्राउ परेका कोइरालालाई घटनाको प्रकृति, प्राप्त प्रमाण लगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो। उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि २०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो।

फेरि उनी सर्वोच्च पुगेका थिए। तर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले पूर्व डीआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि उनी बिहीबार छुटेका छन्।

याे पनि: पूर्व डीआईजीलाई सजाय घटाउने सर्वोच्चको फैसलामा पुनरवलोकनमा जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

श्रीमतीको हत्या अभियोगमा कारागारमा रहेका पूर्वडीआईजी कोइराला आधाबढी सजाय छुट पाएपछि छुटे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .