सडक विभागले बाढी पहिरोका कारण अरनिको राजमार्ग ७ स्थानमा अवरुद्ध भएको जनाएको छ।
डाकालांग खण्डमा तीन, झ्यालेमा दुई र सिरिसे तथा जम्बुको एकएक स्थानमा सडक अवरुद्ध भएको हो। त्यसैगरी ७ स्थानमा पहिरोको कारण एकतर्फी सडक सञ्चालन भएको छ।
सडक डिभिजन कार्यालय चरिकोट मातहत पर्ने डाकलांग र झ्यालेमा यातायात चल्न १५ दिने लाग्ने अनुमान गरिएको छ।
झ्यालेमा पुल बगाएको छ भने डाकलांगमा पहिरोका कारण सडक भासिएको छ। जुम्बुमा ६० मिटर सडक भासिएको छ। सो स्थानमा सडक सुचारु हुने एक साता लाग्ने छ। झ्यालेको एक स्थानमा ६० मिटर सडक बगाएको र अर्को स्थानमा पुल बगाएको छ। सडक बगाएको स्थानमा सुचारु हुन १० र पुल बगाएको स्थानमा १५ दिन लाग्ने सडक विभागले जनाएको छ।
पुल बगाएको स्थानमा ह्युम पाइप हालेर ट्र्याक खेल्ने बनाउन खोजेपनि त्यसलाई पनि बगाएको जनाएको छ।
सिरिसेमा ३० मिटर सडक बगाएको छ। सो स्थानमा ट्र्याक खोल्ने प्रयास भएको र स्थानीय विवादको कारण सडक खुल्न एक दिन लाग्ने जनाएको छ।
त्यसैगरी लामोसाँघु बाह्रबिसे सडक खण्डमा एक सय मिटर सडक सुनकोसीले बगाएको छ। सो स्थानमा एकतर्फी सडक सञ्चालन भएको छ। त्यसैगरी खुर्सानीबारीमा १ सय ८० मिटर सडक बगाएको स्थानमा ट्र्याक खोलेर एकतर्फी सडक सुचारु गरिएको छ।
खग्दोल पुलमा समेत पहिरोले क्षति पु¥याउँदा सो स्थानमा एकतर्फ सडक सञ्चालन भएको छ। त्यहाँ हल्का सवारी साधन सञ्चालनमा विभागले जनाएको छ।
चाकुमा १ सय ८० मिटर पहिरो आएको र त्यसलाई तीन दिन लगाएर पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालन गरिएको छ।
माथिल्लो तामाकोसी ड्याम क्षेत्रमा ठूलो पहिरो पन्छाएको विभागले जनाएको छ। त्यसैगरी कोप्लुङ, खट्टे खोला पनि एकतर्फी र आंशिक रुपमा सडक सुचारु भएको छ।
Shares

प्रतिक्रिया