समाज


३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

नेपालखबर
साउन ६, २०७७ मंगलबार १३:३४,

माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि मंगलबार साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार सो सडकको चारकिलोमा पहिराले ६० मिटर सडक ढाकेको थियो। दुवैतर्फबाट लोडरलगायतका साधनले पहिरो पन्छाइएको उनले जानकारी दिए। सोमबार दिनभर वर्षा र पहिरो खसिरहेपछि काम गर्न सकिएको थिएन। आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको थियो । पहिरो खसेको ठाउँ नारायणगढबाट ३१ दशमलव पाँच किलोमिटर मुग्लिनतर्फ पर्दछ।

सो ठाउँ इच्छाकामना गाउँपालिका–६ हो। सो सडकको पहिरो खस्ने अन्य ठाउँ मर्मतसम्भार गरिएको भए पनि त्यस ठाउँमा काम गर्न शुरु गर्दागर्दै पहिरो खस्न थालेको हो। यसअघि पनि त्यही पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सो सडक अवरुद्ध हुँदा धेरै सवारीका साधन रोकिएका थिए। सडक एकतर्फी खुलेसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन्। राजधानी काठमाडौँतर्फ जाने सवारी भने अगाडि पृथ्वी राजमार्गमा पुगेर रोकिने भएका छन्। सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad