काठमाडौंको टोखामा पहिरोले पुर्दा मंगलबार दुई जुम्ल्याह बच्चाको ज्यान गएको छ।
टोखा नगरपालिका १ स्थित तासीडाँडामा पहिरोले टहरो पुर्दा रामकुमार राना मगरका ३ वर्षीय छोरा सचिन र छोरी सन्ध्याको ज्यान गएको हो। धनकुटा घर भएका उनीहरु जुम्ल्याह हुन्।
बुबासँगै घरभन्दा माथि भित्ताको टहरोमा खान खाइरहेका उनीहरुलाई दिउँसो पहिरोले पुरेको महाराजगन्ज बृत्तका प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए। आमा भने केही तल रहेको डेरामै थिइन्।
रामकुमार र उनीसँगै मजदुरी गर्ने १०–१२ जना पनि खाना खाइरहेका थिए। पहिरो आएपछि उनीहरु भागे पनि दुई बालबालिका भाग्न नसक्दा उनीहरुको ज्यान गएको हो।

प्रतिक्रिया