समाज


पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार ४७७

पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार ४७७

नेपालखबर
साउन ६, २०७७ मंगलबार १०:४१,

पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको बताए।

योसँगै नेपालमा काेराेना संक्रमितको संख्या  १७ हजार ९९४  पुगेकाे छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ।

पछिल्लो २४ घण्टामा २७ परीक्षण केन्द्रमा ३ हजार ९६३ जनाको पीरीआर परीक्षण गरिएको थियो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा उपचारपछि कोरोनालाई जितेर घर फर्कनेको संख्या १२ हजार ४७७ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोनाका कारण अहिलेसम्म ४० जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad