मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभाव भोगिरहेकी एक महिलाका लागि युट्युवमार्फत रकम जुटाउन थालिएको छ।
दुवै मिर्गौला फेल भएर प्रत्यारोपणका लागि आर्थिक अभाव खेपिरहेकी इलाम नगरपालिका– ११ बस्ने सञ्चरानी लिम्बूका लागि हिव टिभी युट्युव च्यानलमार्फत रकम जुटाउन थालिएको हो। युट्युवमार्फत रु सात लाख २९ हजार ३५० उठाइएको छ।
हिब टिभी नेपाल युट्युव च्यानलका सञ्चालक विरु लिम्बूको अगुवाइमा संकलन गरिएको सहयोग रकम देशविदेशमा रहेका २० जनाले सहयोग गरेका हुन्। लिम्बूको उपचारका लागि रु १० लाखभन्दा बढी रकम आवश्यकपर्ने भएपछि विभिन्न माध्यमबाट रकम संकलन थालिएको हो।
आर्थिकस्थिति कमजोर भएकी लिम्बूको उपचार रकम अभाव भएपछि ‘सञ्चमाया बचाऊ अभियान’मार्फत रकम जुटाउन थालिएको हो। रासस

प्रतिक्रिया