सिद्धार्थ बैंकका पूर्व सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दामा फरार रहेका मधुसुदन सिलवाललाई पक्राउ गरेको हो।
यसअघि २०७० सालको असार ४ गते पक्राउ परेका सिलवाल उच्च अदालत पाटनको आदेशमा ३० लाख रुपैयाँ धरौटीमा छुटेका थिए। तारेखमा रहेका सिलवालले म्याद गुजारेपछि २०७३ असोज ४ गते २ वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत हुने फैसला गरेको थियो।
यस्तै सिद्धार्थ डेभलपमेण्ट बैंक, बैंकिङ कसुरको अर्को मुद्दामा २०७३ चैत २४ गते ३ वर्ष कैद र १ करोड रुपैयाँ जरिवानाको फैसला भएको सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले बताए।
भक्तपुरको बालकोट घर भएका सिलवाल परिवार हाल नयाँ बानेश्वर बस्दै आएका थिए।

प्रतिक्रिया