तर उनले आफ्ना नागरिकलाई भने मास्क लगाउन आग्रह नगर्ने बताएका छन्।
कोरोनालाई सामान्य रुघाखोकी मात्र बताउने ट्रम्पले पछिल्लो समय मात्र मास्क लगाउन थालेका हुन्। यसअघि उनले आफू स्वस्थ भएकाले मास्कको आवश्यकता नपर्ने बताएका थिए।
देशका प्रमुख सरुवा रोग विशेषज्ञ तथा सरकारका स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले मास्कलाई जतिसक्दो छिटो अमेरिकाभर अनिवार्य गरिनुपर्ने बताएसँगै ट्रम्पले आफूले अमेरिकी नागरिकलाई मास्क लगाउन आदेश नदिने बताएका हुन्।
फाउचीले हालै भनेका छन्,‘कोरोनाबाट बच्न मास्क साँच्चै महत्वपूर्ण छ र यो हामी सबैले प्रयोग गर्नुपर्छ।’
हाल अमेरिकाका अधिकाँश राज्यमा मास्क अनिवार्य गरिएको छ। यद्यपी ट्रम्पले मास्क लगाउने नलगाउने विषय व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले आफूले मास्क लगाउन आदेश नदिने बताएका छन्।
विज्ञहरुको सल्लाह सुरुवातदेखि वेवास्ता गर्दै आएका ट्रम्पले यसपटक पनि उनीहरुको सल्लाहलाई नजरअन्दाज गरेका हुन्।
हाल अमेरिका विश्वमै कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। यहाँ हालसम्म ३७ लाख ७० हजारमा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये १ लाख ४२ हजारको मृत्यु भइसकेको छ। बीबीसी

प्रतिक्रिया