राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाभित्रका नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको बताएका छन्।
नेकपामा केही समयदेखि प्रधानमन्त्रीको राजीनामा लगायतका विषयमा देखिएको विवादतर्फ संकेत गर्दै अध्यक्ष थापाले व्यक्ति परिवर्तनबाट अहिलेको समस्याको समधान नहुने बताएका छन्। प्रधानमन्त्री ओलीको नाम नलिइकन उनले ओलीलाई हटाएर अहिलेको समस्या समधान नहुने धारणा व्यक्ति गरेका छन्।
लामो समयदेखि संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रका पक्षमा वकालत गर्दै आइरहेका अध्यक्ष थापाले १२ बुँदै सम्झौताको मार्गचित्र अनुसार अगाडि बढ्दा अहिले समस्या आएको भन्दै उक्त मार्गचित्र परिवर्तन गर्नुपर्ने बताएका छन्।
उनले सो मार्गचित्र परिवर्तन गर्न नसके नेकपालाई जनताले ५ वर्षका लागि मत दिएको भन्दै जनादेशअनुसार ५ वर्ष मिलेर काम गर्न सुझाव समेत दिएका छन्।
‘सत्तारुढ दल नेकपाको विवाद नीति, पद्दति, प्रणालीबारे होइन, नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ’, शनिबार अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन। सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तनगर्ने आँट गर्नोस्। होइन भने जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्नोस्।’
सत्तारुढ दल नेकपाको विवाद नीति/पद्दति/प्रणालीवारे होईन,नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ।अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुंदैन।सक्नुहुन्छ भने १२बुंदे सम्झौतापछिको मार्गचित्र परिवर्तनगर्ने आंट गर्नोस्।होइन भने जनादेश अनुसार ५बर्ष मिलेर काम गर्नोस्
— Kamal Thapa (@KTnepal) July 18, 2020

प्रतिक्रिया