आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसो अहिले (शुक्रबार बिहान ६ बजे) पनि देशभर मौसम बदली र केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो (दिनमा) दशेभर मौसम सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी (ठूलो) वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार राति वर्षा अझ बढ्नेछ। धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।
महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर अवस्थित छ।
तर यो रेखा आइतबार रातिदेखि नेपाल नजिकै आउने भएकाले त्यसबेलादेखि तनि–चार दिन वर्षाको मात्रा ह्वात्तै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
थप विवरण : साउन ५ देखि व्यापक वर्षा र बाढीपहिरोको सम्भावना : मौसम विज्ञान विभाग
Shares

प्रतिक्रिया