छापा खबर


सीमामा सेना खटाउने कार्ययोजना बनाउँदै सरकार

सीमामा सेना खटाउने कार्ययोजना बनाउँदै सरकार

नेपालखबर
साउन २, २०७७ शुक्रबार ०:२२,

सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ।

रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

स्रोतका अनुसार सेनालाई सीमामा खटाउन आवश्यक पर्ने नीतिगत विषयको तयारीमा रक्षा मन्त्रालय जुटेको छ । सो रणनीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने मन्त्रालयले लिएको छ ।

‘अहिले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको मुख्य जिम्मेवारी छ, अब नेपाली सेनालाई सीमाको सुरक्षाको जिम्मेवारी दिने गरी नीतिगत तहका काम अघि बढाइँदै छ,’ स्रोतले भन्यो।

सीमामा सेना खटाउने विषयमा नीतिगत रूपमा तयारी भइरहेको छ। त्यसका लागि सुरक्षा नीति र प्रतिरक्षा नीति पनि त्यहीअनुसार हुनुपर्छ, कार्ययोजना बनाइँदै छ।

सेनाले कोभिड–१९ को संक्रमणपछि भने सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको फोर्सलाई सहयोग गर्दै आएको छ । नेपालको संविधानको धारा २६६ मा सुरक्षा परिषद् रहने र २६७ मा नेपाली सेनासम्बन्धी व्यवस्था गरिएको छ।

नेपालको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समावेश गरेपछि नेपाल र भारतबीच सीमा विवाद बढ्दोक्रममा छ । नेपाली सेनाले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा समन्वय र सूचना संकलनका लागि भने गर्न छुट्टै निर्देशनालय बनाएर काम अघि बढाइएको बताउँदै आएको छ।

नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फ भारतसँग १ हजार ७ सय ५१ किलोमिटर लामो खुला सीमा छ भने उत्तरतर्फ नेपाल र चीनबीच १ हजार ४ सय १४ किलोमिटर लामो सीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad