समाज


अमेरिकामा यसैवर्षको अन्त्यसम्ममा कोरोना भाइरसको खोप उपलब्ध हुने

अमेरिकामा यसैवर्षको अन्त्यसम्ममा कोरोना भाइरसको खोप उपलब्ध हुने

नेपालखबर
साउन १, २०७७ बिहिबार १०:१४,

अमेरिकी सरकारको स्वास्थ्य सल्लाहकार तथा सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले यस वर्षको अन्त्यसम्ममा अमेरिकामा कोरोनाको खोप उपलब्ध हुने बताएका हुन्।

बुधबार मात्र अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले बनाएको खोपले मानव परीक्षणमा सकारात्मक नतिजा दिएको समाचारहरु आएका थिए।

मोडेर्ना कम्पनीले नै अमेरिका पहिलो कोरोना भ्याक्सिन मानिसमा परीक्षण गरेको थियो। मोडेर्नाको खोप अब अन्तिम परीक्षणका लागि तयार भएको छ।

यस परीक्षणपछि खोप कोरोना संक्रमितहरुमा प्रयोग गर्ने कि नगर्ने भनेर निर्धारण हुने बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा यसै वर्ष कोरोनाविरुद्धको खोप अमेरिकाले उपलब्ध गराइसक्नेमा आफू विश्वस्त भएको बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad