ad ad

समाज


आपतकालीन राहतका लागि महासंघद्वारा अक्षयकोष स्थापना

आपतकालीन राहतका लागि महासंघद्वारा अक्षयकोष स्थापना

नेपालखबर
असार ३१, २०७७ बुधबार ९:३,

नेपाल पत्रकार महासंघले समस्यामा परेका पत्रकारलाई राहत उपलब्ध गराउने उद्देश्यले अक्षयकोष स्थापना गरेको छ। महासंघ केन्द्रीय समिति मातहत रहने गरी ‘पत्रकार आपतकालीन’ राहत कोष स्थापना गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।

महासंघ केन्द्रीय समितिबाट ३० लाख रुपैयाँ जम्मा गरेर सुरुआत गरिएको यस कोषमा नेपाल पत्रकार महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार संघ नेजा र नेपालिज जर्नालिष्ट एशोसिएसन अष्टेलियाबाट एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै, महासंघका प्रदेश र जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गरिने छ।

कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने गरी कोष सञ्चालन निर्देशिका र मापदण्ड तयार गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।

इच्छुक संघ, संस्था र व्यक्तिहरुलाईसमेत नेपाल बंगलादेश बैंकमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको नाममा रहेको पत्रकार कल्याण कोष, बचत खाता नं ००१०७००३१५ मा रकम जम्मा गरिदिन आग्रह गरिएको छ। कोषमा रकम जम्मा गर्नेहरुको नाम र जम्मा भएको रकमको विवरण एक महिनापछि सार्वजनिक गरिने छ।

साथै श्रमजीवी पत्रकार नियमावलीको व्यवस्थाअनुसार सञ्चारमाध्यमले विज्ञापनको १० प्रतिशत रकमबाट पत्रकार कल्याणकोष स्थापना गर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म कार्यान्वयन नभएकोमा महासंघले आपत्ति प्रकट गरेको छ।

श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने मिडिया हाउसहरु खासगरी सरकारी स्वामित्वका सबै सञ्चारमाध्यम र समाचार समिति, निजी क्षेत्रबाट सञ्चालित ब्रोडसिट दैनिक, सबै टेलिभिजन च्यानल, देशव्यापी नेटवर्क सञ्चालन गरेका रेडियोहरुमा यो व्यवस्था तत्काल लागू गर्न महासंघले माग गरेको छ।

सरकारले दिने विज्ञापनमा नियमानुसार कल्याणकारी कोषका लागि जम्मा गर्नुपर्ने रकम समेत कोषमा नराखी सिधै भुक्तानी गरेकाले कोष स्थापना नभएकाको हकमा एकीकृत कल्याणकारी कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाउन महासंघले सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .