समाज


गर्भमै शिशुलाई कोरोना संक्रमण भएको पुष्टि

गर्भमै शिशुलाई कोरोना संक्रमण भएको पुष्टि

नेपालखबर
असार ३०, २०७७ मंगलबार १०:५१,

फ्रान्समा गर्भमै एक शिशुलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ। गर्भवती महिलाले पेटमा भएको बच्चामा कोरोना सारेको यो पहिलो घटना भएको डाक्टरहरुले बताएका छन्।

बच्चा जन्मेको केही दिनमै दिमागमा भाइरसले असर पारेको देखिएको थियो। सो बच्चालाई जन्मिनुअघि नै संक्रमण भएको निष्कर्षमा डाक्टरहरु पुगेका हुन्। हाल सो बच्चा निको भएको बताइएको छ।

मार्च २४ मा एक २३ वर्षीया गर्भवती महिला कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकी थिइन्। उनलाई ज्वरो र खोकीको समस्या थियो।

अस्पताल भर्ना भएको तीन दिनपछि गर्भमा रहेको उनको बच्चामा समस्या देखियो। डाक्टरहरुले तत्काल शल्यक्रिया गरे। शिशुलाई तत्काल नवशिशु सघन उपचार कक्षमा आइसोलेसनमा राखियो।

शल्यक्रियाका क्रममा लट्याउने औषधि प्रयोग गरिएको हुनाले शिशुलाई भेन्टिलेटरमा राखिएको थियो। शिशुलाई पनि कोरोना संक्रमण देखियो। थप परीक्षण गर्दै जाँदा बच्चालाई भाइरस आमाकै रगतमार्फत सरेको र त्यसले बच्चा सुन्निएको पाइएको थियो।

पछि कुनै औषधिको प्रयोगबिनै बच्चा निको भएको डाक्टरहरुले बताएका छन्।

‘दुर्भाग्यवश यो केसमा भाइरस सरेकामा कुनै शंका छैन,’ पेरिसस्थित आन्त्वाँ बेक्लेयर अस्पतालका डाक्टर डेनियल डे लुका भन्छन्, ‘गर्भमै भाइरस सर्न सक्नेप्रति स्वास्थ्यकर्मीहरु सचेत हुन जरुरी छ। भलै यो साधारणतया हुँदैन तर तर सर्न सक्छ।’

नेचर कम्युनिकेसन नामक जर्नलमा प्रकाशित अध्ययनअनुसार डाक्टरहरुले गर्भमै संक्रमणको शंका लागेका नवजात शिशुहरुबारे अध्ययन गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad