समाज


मेलम्चीको सुरुङमा इन्जिनियरसहित दुई बेपत्ता, घाइते अवस्थामा दुईकाे उद्धार

मेलम्चीको सुरुङमा इन्जिनियरसहित दुई बेपत्ता, घाइते अवस्थामा दुईकाे उद्धार

नेपालखबर
असार ३०, २०७७ मंगलबार ९:१५,

मेलम्ची खानेपानी आयोजनाको सुरूङमा दुई जना बेपत्ता भएका छन्।

मंगलबार आयोजनाको सुरुङबाट पानी बाहिर निस्किन थालेपछि चार जनाको टोली सुरुङभित्र पसेको थियो। त्यसमध्ये दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए।

उनीहरुको मेलम्ची अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी भइरहेको एसपी महर्जनले बताए।

बेपत्ता हुनेमा एक जना इन्जिनियर र एक जना चालक छन्। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित सुरुङमा पछिल्लो समय परीक्षण भइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad