समाज


३३ किलो सुन तस्करीमा संलग्न आरोपी विमानस्थलबाटै पक्राउ

३३ किलो सुन तस्करीमा संलग्न आरोपी विमानस्थलबाटै पक्राउ

नेपालखबर
असार २७, २०७७ शनिबार ११:२२,

प्रहरीले ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा एक जना विमानस्थलबाट पक्राउ गरेको छ।

युएईबाट शनिबार फर्किएका हरिशरण खड्कालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राम कृपाल शाहले खड्कालाई पक्राउ गरेर इन्टरपोलको जिम्मा लगाइएको बताए। उनीविरुद्ध इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको थियो।

एसएसपी शाहले भने, ‘विदेशमा फरार नेपालीका बारेमा हामीलाई जानकारी दिइएको हुन्छ, हामीले अध्यागमन विभागमा ती व्यक्ति आएमा जानकारी गराउनु् भनेका हुन्छौं । आज हरिशरण खड्का आएको जानकारी आयो, हामीले पक्राउ गरेर इन्टरपोलको जिम्मा लगायौं।’

काभ्रे घर भएका ४२ वर्षीय खड्का केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ पुसमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । खड्काले युएईबाट सुन पठाउने काम गर्दै आएको प्रहरीको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad