समाज


८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता

८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता

नेपालखबर
असार २६, २०७७ शुक्रबार १३:२२,

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा ज्यान गुमाएका छन्।

बाढी पहिरोका कारण शुक्रबार २६ जना घाइते भएका छन्।

म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता छन्। लमजुङमा ३ जनाको ज्यान गएको छ, ३ जना घाइते भएका छन्। कास्कीमा ७ जनाको ज्यान गएको छ १७ जना घाइते भएका छन्।

रुकुम पश्चिममा २ जनाको ज्यान गएको र १ जना घाइते भएका छन्।

तनहुँमा बाढीका कारण डुबान भएपनि मानवीय क्षति भएको छैन। जाजरकोटमा पहिरोका कारण ७ जनाको ज्यान गएको ५ जना घाइते भएको र ५ जना बेपत्ता छन्। गुल्मीमा एक जनाको ज्यान गएको छ।

यसअघि बिहीबार सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी २ जनाको ज्यान गएको थियो। २१ जना बेपत्ता छन्। त्यहाँ ७ जना घाइते भएका छन्। बेपत्ताहरुको खोजी भइरहेको छ।

सो समेत गरेर दुई दिनयता २५ को मृत्यु र ५७ बेपत्ता भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .