भारतीय टेलिभिजन च्यान जी–न्युजका प्रधानसम्पादक सुधीरकुमार चौधरीले आवेशमा आएर लेखेको भन्दै नेपालबारे लेखेको ट्विट हटाएका छन्।
बिहीबार नेपालमा भारतीय च्यानलहरुलाई बन्द गर्ने निर्णय गरेपछि चौधरीले नेपालबारे विवादित ट्विट गरेका थिए। उनले नेपालीहरु भारतीय टेलिभिजका प्रस्तोताहरुसँग डाराएको आरोप लगाएका थिए।
नयाँ नक्सा जारी गरेपछि नेपालको खुलेर विरोधमा उत्रिएका भारतीय मिडियाहरुले पछिल्लो समयको नेपालको राजनीतिक घटनाक्रमलाई समेत अतिरञ्जित गरेर समाचार र रिपाेट प्रशारण गर्दै आएका थिए।
पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबारे गलत, भ्रामक दुष्प्रचार गरेपछि नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय च्यानलको प्रसारण बन्द गरेका थिए।
नेपालमा भारतीय च्यानल बन्द भएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा नेपालबारे विवदित ट्विट गरेका थिए। उनले ट्विटमा लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलाई ब्लक गरिदिएको छ। यो देश त भारतका न्युज च्यानलका प्रस्तोताहरुसँगै डरायो । सेना त अघि सर्नै परेन।’

उनको ट्विटको सर्वत्र विरोध हुँदै आएको थियो। उनले आफ्नो ट्टिले नेपाल दर्शकमा आधात पुग्नुका साथै भारतबाट समेत आफूलाई गलत गरेको सूचना आएको भन्दै अर्को ट्विट गर्दै आफ्नो पुरानो ट्टि हटाएको जानकारी दिएका छन्। उनले नेपालले भारतीय च्यानल बन्द गरेको खबर सुनेपछि आफूले आवेशमा आएर यस्तो लेखेको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्।
‘मेरो यो ट्विटले नेपालका हाम्रा दर्शकहरूलाई चोट पुर्याएको छ। यहाँ भारतमा पनि धेरैले मलै लेखेको विचार सही नभएको प्रतिक्रिया दिए। नेपालमा भारतीय च्यानल रोक लगाएको खबर आइसकेपछि मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया व्यक्त गरेको हुन सक्छु। यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुऱ्याउन होइन। त्यसैले दुःख व्यक्त गर्दै यो ट्विट हटाउँदै छु’, प्रधानसम्पादक चौधरीले अर्को ट्विटमा लेखेका छन्। यसपछि उनले पहिलाे ट्विट हटाएका छन्।
— Sudhir Chaudhary (@sudhirchaudhary) July 10, 2020मेरे इस ट्वीट से नेपाल के हमारे दर्शक आहत हुए हैं।यहाँ भारत में भी बहुत से लोगों ने मुझे लिखा कि ये विचार सही नहीं है।सम्भव है कि मैंने ये खबर आने के बाद आवेश में अनावश्यक प्रतिक्रिया कर दी हो।ये मंच अभिव्यक्ति का है,आहत करने का नहीं।इसलिए खेद जताते हुए इस ट्वीट को हटा रहा हूँ।? https://t.co/mqTL652uOe
जी–न्यु लगायत भारतका थुप्रै टेलिभिजन च्यानलहरुले नेपालबारे गलत र अतिरञ्जित रिपोर्ट र समाचार प्रशारण गरेपछि नेपालमा भारतीय न्युज च्यानललाई प्रशारणमा रोक लगाइएको हो। अहिले नेपालमा सर्बत्र भारतीय मिडियाको आलोचना हुँदै आएको छ र भारतीय च्यानलहरु सदाका लागि बन्द गर्नुपर्ने माग समेत उठ्न थालेको छ।

प्रतिक्रिया