समाज


जाजरकोट पहिरो अपडेट : बेपत्ता १२ मध्ये ३ जनाको शव भेटियो

जाजरकोट पहिरो अपडेट : बेपत्ता १२ मध्ये ३ जनाको शव भेटियो

नेपालखबर
असार २६, २०७७ शुक्रबार ७:५२,

जाजरकोटको बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये ३ जनाको शव भेटिएको छ।

गएराति अविरल वर्षासँगै भएको पहिलोरे घर बगाउँदा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन्।

त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास र पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएका थिए।

बेपत्तामध्ये तीन जनाको शव फेला परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेशनाथ बास्नेताले जानकारी दिए।

‘अहिले तीन जनाको शव निकालिएको छ, उनीहरुको सनाखत हुन सकेको छैन’, एसएसपी बाँस्तोलाले भने।

अहिले घटनास्थलमातीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

त्यस्तै वडा नं ५ को खर्क तेलचउरेमा रहेको धान खेत पहिराले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए। पानी नियमित परिरहेकाले सम्पर्क गर्न समस्या भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad