वर्षाको मात्रा बढिरहकाले आगामी एक हप्तासम्म बाढी तथा पहिरोको उच्च जोखिम रहेको जलविज्ञले बताएका छन्।
बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलका अनुसार विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लामा यस अवधिमा बाढीको जोखिम उच्च छ।
तत्कालको अवस्था
जलविज्ञ पोखरेलका अनुसार तत्काल नारायणी र यसका सहायक मस्र्याङ्दी, कालीगण्डकीलगायत नदीमा बाढीको बहाव सतर्कता तह पुग्न लागेको छ भने बढ्दो क्रममा छ।
यस्तै चितवनको रिउ खोला क्षेत्रमा भारी वर्षा भइरहेकाले बाढीको जोखिम देखिएको छ भने नवलरासीका सबै साना नदीमा बहाव उच्च भएको छ। त्यहाँ अहिले अति भारी वर्षा भइरहेको छ।
यस्तै प्रदेश ५ को तराईका सबै जिल्लामा पछिल्लो ६ घण्टादेखि पानी परिरहेको छ, त्यसकारण त्यहाँका खोला नदीमा बहाव उच्च छ। यतिबेला कैलाली, कञ्चनपुरका नदी खोलामा पनि बाढीको बहाव उच्च नै छ, तर त्यता बहाव घट्दो क्रममा रहेको जलविज्ञ पोखरेलले शुक्रबार बिहान नेपालखबरलाई जानकारी दिए।
आगामी २४ घण्टा
उनका अनुसार आगामी २४ घण्टासम्म प्रदेश १ र २ को तराईका सबै जिल्ला, बागमतीको मध्य पहाडी भेग, गण्डकी प्रदेशमा पनि बाढी तथा पहिरोको जोखिम देखिएको छ। यस्तै यस अवधिमा प्रदेश ५ का तराईका सबै जिल्लामा बाढीकाे जाेखिम रहेकाे जलविज्ञ पाेखरेलले बताए।
‘कम्तीमा आगामी तीन–चार दिनसम्म बाढी घट्ने देखिन्न,’ जलविज्ञ पोखरेलले भने, ‘समग्रमा देशभर आगामी एक हप्तासम्म बाढी तथा पहिरोको जोखिम देखिन्छ।’
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहानै जारी गरेकाे याे सूचना पनि हेराैँ:
असार २६,विहान५ः२०
नारायणी जलाधारको नबलपरासी,चितवन,तनहूँ,कास्की,गोरखा, लमजुङ,स्याङजा,पर्वत,गुल्मी र आसपास २४ घण्टामा भारी बर्षा मापन, #नारायणीमा जलसतह बढ्दो,#सतर्कता आसपास पुग्न सक्ने,तटिय क्षेत्रमा सतर्क रहौ
चित्र१ःकास्की,स्याङजा,पर्वत र लमजुङमा आकस्मिक बहावको संकेत @NDRRMA_Nepal pic.twitter.com/ZlloabRwU2
Shares

प्रतिक्रिया