समाज


नवनियुक्त आईजीलाई गृहमन्त्रीले भने : शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिनुहोस्

नवनियुक्त आईजीलाई गृहमन्त्रीले भने : शान्ति सुरक्षा अनिवार्य शर्त हो, विशेष ध्यान दिनुहोस्

नेपालखबर
असार २५, २०७७ बिहिबार ८:२,

गृहमन्त्री रामबहादुर थापा बादलले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिएका छन्।

बिहीबार गृह मन्त्रालयमा गृहमन्त्री थापाले भने, ‘तपाईंको कार्यकालमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न उत्कृष्ट हुने विश्वास लिएको छु। मेरो पूर्ण साथ र समर्थन रहन्छ।’

आईजीपी थापाको विगतको काम राम्रो भएकै कारण योग्य देखेर यो जिम्मेवारी दिएको बताउँदै थापाले समायोजन छिटो टुंगोमा पुग्ने गरी काम गर्न निर्देशन दिए।

‘राज्यले विकासलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो, त्यसमा विशेष ध्यान दिनुहोस्’, गृहमन्त्री थापाले भने।

गृहसचिव महेश्वर न्यौपानेले सफल कार्यकालको शुभकामना दिँदै टिमवर्कमा काम गर्न निर्देशन दिए। आईजीपी थापाले इमानदारितापूर्वक राज्यले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। नवनियुक्त प्रहरी महानिरीक्षक थापाले बिहीबार मात्रै कार्यभार सम्हालेका छन्।

गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
थापा मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad