भारत कानपुरका डीएसपीसहित ८ प्रहरीको हत्या गरेर फरार गुन्डा विकास दुबे पक्राउ परेका छन्।
मध्य प्रदेशस्थित उज्जैनबाट उनी पक्राउ परेको बीबीसी हिन्दीले भर्खरै जनाएको छ।
उनी त्यहाँको महाकाल मन्दिर थानाबाट पक्राउ परेका हुन्।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुबेको गिरफ्तारीको पुष्टि गरेका छन् तर थप जानकारी दिन अस्वीकार गरेका छन्।
उनले विकास दुबे पक्राउ गर्नु मध्य प्रदेश प्रहरीकाे ठूलो सफलता भएकाे बताएका छन्। उनका अनुसार दुबे अहिले मध्य प्रदेश प्रहरीकै हिरासतमा छन्।
दुबेलाई उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीहले समातेर मध्य प्रदेश प्रहरीलाई बुझाएकाे बीबीसीले समाचारमा उल्लेख गरेकाे छ।
दुबेलाई पक्राउ गर्न अघिल्लो बिहीबार राति कानपुरको बिकरु गाउँस्थित उनको घरमै पुगेका डीएसपी देवेन्द्र मिश्रसहित ८ प्रहरीलाई आपराधिक समूहले अन्धाधुन्ध गोली हानेर हत्या गरेको थियो। त्यसको ठीक एक हप्तापछि आज बिहीबार नै दुबे पक्राउ गर्न भारतीय प्रहरी सफल भएको हो।
याे पनि:
स्थानीय पत्रकारको बयानः भारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरी
डीएसपीसहित ८ प्रहरी हत्या गर्ने गुन्डा दुबेको घर यसरी पारियाे ध्वस्त (भिडियो)

प्रतिक्रिया