समाज


ओखलढुंगामा ट्रक पल्टिँदा चालकको मृत्यु

ओखलढुंगामा ट्रक पल्टिँदा चालकको मृत्यु

नेपालखबर
असार २५, २०७७ बिहिबार ४:२९,

ओखलढुंगामा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए।

बिहीबार बिहान साढे चार बजे काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सेतीदेवी मन्दिर नजिकै दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार ट्रकले सोलुखोला बेनी हाइड्रोको सामान बोकेको थियो। ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad