मंगलबार गोइझाउ प्रान्तस्थित अनसुनको कृतिम तालमा यात्रुसहितको बस सडकबाट तल खसेको थियो।
गाओकाओ युनिभर्सिटीको इन्ट्रान्स परीक्षा दिनका लागि उक्त बसमा विद्यार्थीहरु चढेका थिए। दुर्घटनामा २१ जनाको मृत्यु हुँदा १६ जना घाइते भएका छन् भने ३७ जनालाई उद्दार गरिएको बताइएको छ।
उक्त बसका चालकको पनि मृत्यु भएका छन्। चालकले उक्त सडकखण्डमा सन् १९९७ देखि गाडी चलाउँदै आएका थिए।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया