संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पछिल्लो समय चिनियाँ राजदूतको सक्रियताको बचाऊ गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा चारबुँदे स्टाटस लेख्दै मन्त्री भट्टराईले नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को विवाद समधानका लागि चिनिया राजदूत होउ यान्छीको संक्रिएताको बचाउ गरेका हुन्।
उनले भारत र चीनको तुलना गर्दै भारतले 'फुटाउ र राज गर'को नीति अख्तियार गरेको र चीनले सहमति, एकता र सद्भावमा ध्यान दिएको बताएका छन्।
उनले नामै नलिइकन भारतले संविधान बनाउन नदिएको, हिमाल, पहाड र तराईका बीचमा अन्तरविरोध चर्काएको, नेपालमाथि नाकाबन्दी लगाएको, पार्टीभित्रको अन्तरविरोधमा ध्यू थपेको आरोप समेत लगाएका छन्।
त्यस्तै उनले चीनको पनि नामै नलिइकन संविधान निर्माणमा सद्भाव राखेको, नेपालको समग्र एकताको प्रयत्न गरेको, भारतले नाकाबन्दी लगाउँदा नेपालीलाई बाँच्न देउ भनेको र दलहरुबीचको आन्तरिक एकता र नेपालको सम्मृद्धिप्रति सद्भाव राखेको उल्लेख गरेका छन्।
उनले अरुको कुरा सुन्नु राम्रो हो भन्दै निर्णय गर्ने अधिकार आफूमा रहेको बताएका छन्।
यस्ता छन् भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका चार बुँदा
१. संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठीक वा संविधान निर्माणप्रति सद्भभाव राख्नु ठीक?
२. पहिलो र दोस्रो संविधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरविरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठीक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाव राख्नु ठीक?
३. नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठीक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठीक?
४. पार्टी–पार्टी र पार्टीभित्रको अन्तरविरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठीक वा सबै पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको समृद्धिप्रति सद्धभाव राख्नु ठीक?
कुनै पनि विदेशी राजनीतिक तथा कुटनीतिक गतिबिधिलाई यसै सन्दर्भबाट हेरियो भने सहि हुन्छ। कसैको पनि कुरा सुन्नु राम्रो हो। मान्ने नमान्ने अधिकार हाम्रो हो

प्रतिक्रिया