इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा। वाशुदेव पाण्डेले लकडाउन खुकुलो भएसँगै काठमाडौँमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सतर्कत अपनाउन आग्रह गरेका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. पाण्डेले काठमाडौँमा पछिल्लो समय देखिएका व्यक्तिमध्ये धेरैजना विदेश र बाहिरबाट आएका व्यक्ति भएको बताए।
उनले १७५ काठमाडौँमा, ४१ ललितपुर ४३ भक्तपुर गरी उपत्याकामा २६७ जनाका कोरोना संक्रमित देखिएकोमा ७९ जना विदेशबाट रेस्क्यु प्mलाईटबाट आएका व्यक्ति भएको बताए।
उनले बाहिरबाट पीसीआर टेस्ट नगरिकन आउने र उपत्यकाभन्दा बाहिरबाट चोरीको बाटो प्रयोग गरी आउने व्यक्तिका कारण पनि संक्रमणको जोखिम बढेको बताए।
उनले उपत्यकामा नै रहेका व्यक्तिहरु विभिन्न रोगको उपचारका लागि अस्पताल पुग्दा पनि संक्रमित बनेको पाइएको बताए। उनीहरुमध्ये धेरैमा संक्रमित पुष्टि भए पनि लक्षण भने नदेखिएको बताए।
उनले आयातीत नभएका व्यक्तिहरुमा पनि संक्रमण भेटिएका कारण उपत्यकाका १२ ठाउँमा कन्ट्रयाक्ट ट्रेसिङ गरेको र तीनकुने र नख्खु टोलका २२८ को नमून परीक्षण गर्दा कसैलाई पनि पोजिटिभ नदेखिएको बताए।
उनले ९ ठाउँका नमूना लिइएका व्यक्तिको रिपोर्ट आएपछि काठमाडौँको के अवस्था छ भन्न्ने बारेमा आधिकारिक सूचना आउने बताए।
‘आयातीत नभएका, कर्सैसँग लिंकसमेत नभएका व्यक्तिहरु पनि संक्रमण देखिएपछि हामीले काठमाडौँका १२ ठाउँका व्यक्तिहरुको उनहरुको सम्पर्कमा आउने व्यक्तिहरुलाई स्थानीय सरकारमार्फत हामीले जाँच गरेका छौँ’, उनले भने, ‘तीमध्ये नख्खुटोल र तीनकुनेका २२८ जनाको नमून परीक्षण गर्दै कसैको रिपोर्ट पनि पोजिटिभ देखिएको छैन, बाँकी ठाउँको पनि नमूना संकलन भएको र त्यसको नतिजा आएपछि काठमाडौँको के स्थिति छ, उहाँहरु कसरी संक्रमित हुनुभो भन्ने कारण खुल्दछ।’
उनले बाहिरबाट आउने सबैको आरटीपीसीआर गर्ने बताए।
उनले संक्रमित देखिएका व्यक्तिलाई तत्काल अस्पताल पु¥याउने व्यवस्था गरेको सबेत जनाकारी दिए।
‘देशभर कोरोना संक्रमित घट्दै गरेको र काठमाडौँमा बढ्दै गरेको अवस्था छ, विशेष सावधानी अपनाऊँ’, उनले भने।

प्रतिक्रिया