ad ad

समाज


कार्यालयमै मदिराले लठ्ठ वडा सचिवलाई सेवाग्राहीले प्रहरीकहाँ बुझाए

कार्यालयमै मदिराले लठ्ठ वडा सचिवलाई सेवाग्राहीले प्रहरीकहाँ बुझाए

गोकुल जोशी
असार ३१, २०७६ मंगलबार १०:४१,

कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका वडा सचिव ईश्वर सिंह बोहरा कार्यालयमा मदिरा सेवन गरीे लठ्ठ भएको अवस्थामा भेटिएका छन्।

मंगलबार मदिरा सेवन गरी कार्यालयमै लठ्ठ अवस्थामा भेटिएका वडा सचिवले सेवाग्राहीलाई गाली गलौच गरेको सेवाग्राहीले आरोप लगाएका छन्। वडा कार्यालय आएका सेवाग्राहीलाई गाली गलौच गरेको भन्दै वडासचिवलाई पक्राउ गरेर स्थानीयहरुले प्रहरीको जिम्मा लगाएका छन्।

कार्यालय समयमा मादक पदार्थ सेवन गरेका वडा सचिवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए। ‘राष्ट्र सेवक कर्मचारीले कार्यालय समयमा मदिरा सेवन गरेर विवाद भइरहेको खबर आयो।’ उनले भने, कर्मचारीले कार्यालय समयमा मदिरा सेवन गर्नु असोभनीय हो, हामीले वडा सचिवलाई नियन्त्रणमा लिएका छौँ।’ अहिलेसम्म कसैको उजुरी नआएको बताउँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भट्टले भने, ‘उजुरी आए उनीमाथि कारबाही प्रक्रिया अगाडि बढ्छ।’

मदिराले लठ्ठ वडा सचिव बोहरा हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .