ad ad

समाज


ट्याक्टर दुर्घटनामा नेकपा जिल्ला सदस्य अधिकारीको निधन

ट्याक्टर दुर्घटनामा नेकपा जिल्ला सदस्य अधिकारीको निधन

नेपालखबर
असार २३, २०७७ मंगलबार ८:२५,

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा ट्याक्टर दुर्घटनामा परी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीको निधन भएको छ।

खेत जोतेर फर्किदै गर्दा आफैँले चलाएको ट्याक्टर लाहाचोकस्थित बाटुलेथरमा मंगलबार बिहान पल्टिँदा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवास हमालले जानकारी दिए।

अधिकारीको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। अस्पताल पसिरमा अहिले नेकपामा जिल्लास्थित नेता कार्यकर्ता, परिवारजन तथा शुभचिन्तकको उपस्थिति रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .